add

खाद्य तथा व्यापार कम्पनीमा जागिर खुल्यो (सूचनासहित)






ActPro Nepal

|

२७ पुष, २०८०

|
169

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनी लिमिटेडले दरखास्त मागेको हो ।

सार्वजनिक सूचना जारी गर्दै कम्पनी लिमिटेडले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।

जनअनुसार ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.