add

सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू






ActPro Nepal

|

२४ पुष, २०८०

|
242

काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज भई आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । दुई क्यापिटल मर्ज भई ‘लक्ष्मी सनराइज (एलएस) क्यापिटल’को नामबाट एकीकृत कारोबार थालेका हुन् ।

आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा एक समारोहका बीच साबिकको लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

एकीकृत कारोबारपछि क्यापिटलले ग्राहकलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै, मर्जरपछि कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

मर्जरपछि क्यापिटलको एकीकृत चुक्ता पूँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको छ ।

साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको छ । जस अन्तर्गत ७ अर्बको सम्पत्ती व्यवस्थापन भइरहेकोे छ ।

क्यापिटलले हाल ३२ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको काम गरिरहेको छ भने ३ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.