add

राष्ट्रिय सभा निर्वाचन: एमालेले पनि टुंग्यायो उम्मेदवार,कहाँबाट को ?






ActPro Nepal

|

२२ पुष, २०८०

|
287

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलले सूचना जारी गर्दै १९ वटै उम्मेदवारको नामावली सार्वजनिक गरेका छन्। 

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) को नाम टुंग्याएको छ।

मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।

उता बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) को नाम पक्का भएको छ।

यो पनि….

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: एमालेले पनि टुंग्यायो उम्मेदवार,कहाँबाट को ?

राष्ट्रिय सभाका लागि राप्रपाले टुंगो लगायो ९ उम्मेदवार, कुन क्लस्टरबाट को?

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन  (मुस्ताङ) उम्मेदवार हुने भएका छन्। 

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ।

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।

सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको महासचिव पोखरेलले बताए।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.