काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले साेमबार बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १४ अर्ब रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिने छ । जसमा ८ अर्ब रुपैयाँ ९१ दिन र ९ अर्ब रुपैयाँ १८२ दिननका लागि रहेको छ ।
राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेको १४ ट्रेजरी बिल पुनः बिक्री गर्न लागेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।