add

हिमालयन लाइफले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?






ActPro Nepal

|

२२ पुष, २०८०

|
89

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा माघ १८ गतेका लागि बोलाएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुष १९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जा र सर्वसाधारण समूहबााट ३ जना संचालन चयन गर्ने एजेण्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.