add

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग






ActPro Nepal

|

२१ पुष, २०८०

|
109

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो ।

होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए।

कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.