add

शिवम् सिमेन्टसहित ७ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

१८ पुष, २०८०

|
374

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

शिवम् सिमेन्ट, नेपाल टेलिकम, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

यी कम्पनीहरुले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १९ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न शिवम् पुस २७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।

त्यसैगरी, नेपाल टेलिकमले गत वर्षको नाफाबाट करसहित ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सोह्रौं वार्षिक साधरण सभा बोलाएको हो ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पार गर्न बैंकले पुस २६ अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा बोलाएको छ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद गरी कुल १०.२६ प्रतितश लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण बोलाएको छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंक करसहित ६.४० प्रतिशत लाभांश पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले करसहित १० प्रतिशत नगद लाभां र बुटवल पावरले करसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सबै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.