add

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

१७ पुष, २०८०

|
157

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत पुस ५ गतेदेखि लगातार ओरालो लागेको नेप्से आज छैटौं दिन ३० अंकले घटेको हो । पछिल्ला ६ दिनमा नेप्से परिसूचक १११ अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४४ करोड घटेर ४ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ ।

मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा आइपुगेको छ । यस दिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट १५ करोड र सिटिजन लाइफ इन्स्योरेन्सको साढे १४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

उच्च अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ र लक्ष्मी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.