add

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट






ActPro Nepal

|

१७ पुष, २०८०

|
222

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा क्यासब्याक दिने भएको छ ।

बैंकले १६ गतेदेखि माघ १७ गतेसम्मका लागि १७ प्रतिशतसम्म छुट तथा एकहजार रुपैयाँसम्म क्यास ब्याक दिने अफर सार्वजनिक गरेको हो ।

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एकहजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

यस समय अवधिमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गरिने छ । यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागु हुने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.