add

जीवन विकाससहित ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिनc






ActPro Nepal

|

१७ पुष, २०८०

|
268

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था, कालिका पावर, युनिभर्सल पावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

यी कम्पनीहरुले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १८ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न जीवन विकासले पुस २९ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी मोरङमा हुनेछ ।

त्यसैगरी, एचआइडीसीएलले गतत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते बाह्रौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा बानेश्वर ब्यांक्वेट, नयाँबानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।

त्यस्तै, गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको कालिका पावरले पुस २८ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा दियालो फूडल्याण्ड, चितवनमा बिहान ११ बजे सुरू हुनेछ ।

त्यसैगरी, युनिभर्सल पावरले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पार गर्न कम्पनीले पुस २९ आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ।

सबै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.