काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सुपरमादी हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर र रुरु जलविद्युत्ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १७ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
छिमेक लघुवित्तले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न छिमेकले पुस २९ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल सामना, मकवानपुर, हेटौँडामा बिहान ११बजे सुरु हुनेछ।
त्यसैगरी, गरिमा विकास बैंकले पुस २९ गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद गरी ८.५ प्रतिशत लाभांश घोषणा गरेको लुम्बिनी विकास बैंकले पुस २६ गते १६ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसैगरी, गत वर्षको नाफाबाट बिन्ध्यबासिनी हाइड्रोपावरले करसहित ५.२६ प्रतिशत नगद र सुपर मादी हाइड्रोपावरले करसहित २ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । उक्त लाभांश पारित गर्न बिन्ध्याबासिनीले पुस २६ र सुपर मादीले पुस २८ गते साधरण सभा बोलाएका छन् ।
त्यस्तै, गत वर्षको नाफाबाट रुरु जलविद्युत्ले करसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न रुरुले पुस २५ गते साधारण सभा बोलाएको हो। कम्पनीको सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० सुरु हुनेछ ।
सबै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।