add

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य, नेपाल आयल निगमले कति तोक्यो ?






ActPro Nepal

|

१६ पुष, २०८०

|
216

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आइतबार (डिसेम्बर ३१ मा) प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भइ आएको जनाएको छ ।

यस्तै, डिजेलको भने प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर २० पैसाले घटेर आएको निगमको भनाई छ । तर, निगमलाई एलपी ग्यासमा प्रतिसिलिण्डर ३०० रुपैयाँ ४१ पैसाले नोक्सानी रहेको छ । सोही सन्दर्भलाई लिएर हाललाई पेट्रोलियम र खाना पकाउने एलपीको ग्यासको भाउ यथावत राखिएको निगमले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.