काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको हो ।
यसदिन ३०३ कम्पनीको ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटाबाहेक सबै समूहको परिसूचक राताम्मे भएको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ३८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे १३ करोड बढीको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।