add

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी ९ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

११ पुष, २०८०

|
125

काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रो दिन बुधवार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ विन्दुमा झरेको हो ।

यसदिन ३०७ कम्पनीको ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार ३३८ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार र मंगलबार सार्वजनिक बिदाको कारण कारोबार भएको थिएन् ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे १८ करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड बढीको कारोबार भएको छ ।

बजार घट्दा पनि ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । । नेपाल इन्स्योरेन्स, इनिफिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा, माइखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र त्रिशुली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै ४ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रोपावर र सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत हाराहारीमा घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.