add

झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु






ActPro Nepal

|

११ पुष, २०८०

|
172

झापा  । झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आजबाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन हुनेछ । ‘परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ’, पोखरेलले भने, ‘त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।’ ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको छ ।

झापा इनर्जीले उत्पादन गरेको उर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.