add

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै






ActPro Nepal

|

५ पुष, २०८०

|
161

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  सञ्चालन गरेको मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण  नेता, कार्यकर्ता, शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए। 

गौतमका अनुसार आज मध्यपहाडी यात्राको समिक्षासहित पत्रकार सम्मेलन मार्फत गरिने भनिएको कार्यक्रम आठ गतेका लागि सारिएको छ।  लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम आठ गतेलाई सारिएको गौतमको भनाइ छ। उनका अनुसार विशेष पत्रकार सम्मेलन दिउँसो  दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ। 

यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराइने गौतमको भनाइ छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.