add

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब नाघ्यो






ActPro Nepal

|

४ पुष, २०८०

|
179

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो ।

यसदिन ३०६ कम्पनीको ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार १७६ कित्ता शेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको २४ करोड र सोनापुर सिमेन्टको २० करोड बढीको कारोबार भएको छ ।

उच्च अंकले बढेको बजारमा आज १४ कम्पनीको शेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन डिस्ट्रीलरी, फरवार्ड लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, लिवर्टी इनर्जी, युनाइटेड इदीमार्दी, बलेफी हाइड्रोपावर, बीपीडब्ल्यू लघुवित्त, नागरिक मिडिया, थ्रीस्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, हिमालयन हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.