काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले रामु पौडेललाई अध्यक्ष पदमा चयन गरेको छ । संस्थाको २३०औँ सञ्चालक समितिको बैठकबाट पौडेल सर्वसम्मत रूपमा चयन भएका हुन् । नवनियुक्त पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथग्रहणसमेत लिएका छन् ।
राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको बताइएको छ । नवनियुक्त पौडेलसँग केन्द्रीय बैंकका विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित कम्पनी हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।