add

समान अधिकारका कुरा कानुनमा लेखेर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना






ActPro Nepal

|

३ पुष, २०८०

|
200

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहभागिताका कुरा कानुनमा लेखेर मात्र नपुग्ने व्यवहारमै लागू गर्नुपर्ने बताएका छन ।

महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताए ।

‘नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘कानुनमा समान अधिकार र सहभागिताका कुरा लेखिएको छ तर व्यवहारमा त्यसको प्रयोग ठीक उल्टो भइरहेको छ ।’ अध्यक्ष तिमिल्सिनाले कानुनमा लेखेका कुरालाई व्यवहारमा बढीभन्दा बढी प्रयोगमा ल्याउन सक्दा नै त्यसको औचित्य साबित हुने बताए ।

कतिपय विकसित मुलुकमा कानुनमा नलेखे पनि व्यवहारमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै अध्यक्ष तिमिल्सिनाले आरक्ष र विशेष अधिकारको कुरा एउटा निश्चित समयका लागि मात्रै कार्यान्वयन गर्ने र त्यसपछि प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.