add

एनआइसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त






ActPro Nepal

|

२ पुष, २०८०

|
323

काठमाडौँ । एनआइसी एशिया लघुवित्तले स्वतन्त्र संचालकमा सरिता गौतमलाई नियुक्त गरेको छ । कम्पनीको पुष १ गते बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक गौतमले पुष १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी हुन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्याअनुभव रहेकी गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.