काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी ५ अर्ब कायम गर्न १७ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो र
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भएर प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गरेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।