add

नेपाल सुपर लिग : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने






ActPro Nepal

|

३० मंसिर, २०८०

|
358

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज वीरगञ्ज दोस्रो जितको खोजीमा रहँदा पोखरा तेस्रो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा वीरगञ्ज एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अङ्कका साथ सातौँ स्थानमा छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा पराजित हुँदै ८ अङ्क जोडेको पोखरा चौथो स्थानमा छ ।

यसैगरी आज साँझ ५ बजे हुने अर्को खेलमा चितवन र इलामबीच प्रतिस्पर्धा हुनेछ । अहिलेसम्मका खेलको नतिजालाई हेर्दा अन्तिमका यी दुई टोलीबीच प्रतिष्ठाको लडाइँ मात्र हुने देखिन्छ ।

अहिलेसम्म समान ६ खेल खेलेको चितवन ५ अङ्कका साथ आठौँ स्थानमा रहँदा ४ अङ्क भएको इलाम पुछारमा छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ११ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको ललितपुरको १० अङ्क छ ।

मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.