add

ईयूले युक्रेन र माल्दोभालाई सदस्यता दिने






ActPro Nepal

|

२९ मंसिर, २०८०

|
237

काठमाडौं । युरोपेली संघ (ईयू)ले युक्रेन र माल्दोभालाई सदस्यता दिने प्रयोजनका लागि छलफल शुरु गर्ने निर्णय गरेको छ । उसले जर्जियालाई पनि युरोपेली संघको सदस्यको उम्मेदवारको मान्यता दिने निर्णय गरेको छ । 

ईयूको यो निर्णयपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा यो निर्णय युरोप र युक्रेन दुवैका लागि जित भएको टिप्पणी गरे। युरोपेली परिषद (ईसी)का अध्यक्ष चार्ल्स मिशेलका प्रवक्ताले यो निर्णय ईयूले सर्वसम्मत रूपमा गरेको दाबी गरे। 

युक्रेनलाई ईयुको सदस्यता दिने छलफलको विरोध गरिरहेको हंगेरीले भने यो निर्णयलगत्तै युरोपेली संघमार्फत् युक्रेनलाई दिने ५० बिलियन युरो सहायता रोकिदिएको छ। सदस्यता दिने प्रयोजनको छलफल शुरु गर्ने निर्णयमा भिटो प्रयोग नगरेको हंगेरीले सहायता रकममा भिटो लगाएको हो। 

युक्रेनबारे छलफल भएको ईयु शिखर सम्मेलनमा उपस्थित हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बन मतदानका क्रममा भिटो प्रयोग नगरी मतदान कक्षबाट बाहिरिएका थिए। त्यसको केहीबेरमा उनले सामाजिक सञ्जालमा एक पोष्ट राख्दै सहयोग रकममा भिटो प्रयोगको घोषणा गरेको बीबीसीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.