काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।
साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो । यसदिन ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बढीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक १.५१ प्रतिशतले बढेको छ । आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।
यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।सामान्य अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेशनल हाइड्रो डेभलपमेन्ट र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।त्यस्तै, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोलु हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.