add

एनसेलको सेयर बिक्रीमा ठूलो अनियमितता भएको गगनको दाबी, ‘मिलेमतोमा टुंग्याउन नदिन खबरदारी गरौं’






ActPro Nepal

|

२१ मंसिर, २०८०

|
106

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर बिक्री प्रकरणमा ठूलो अनियमितता भएको दाबी गर्दै मिलेमतोमा टुंग्याउने प्रयास सफल हुन नदिन खबरदारी आवश्यक रहेको बताएका छन्।

 उनले बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एनसेलको खरिद बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने उल्लेख गर्दै यसविरुद्ध सशक्त खबरदारीको आवश्‍यकता औंल्याएका हुन्।

उनले सरकारले छानबिन समिति गठन गर्‍यो भनेर ढुक्क हुने अवस्था नरहेको भन्दै सरकार, सडक र संसद् सबै ठाउँबाट संघर्ष गर्न आह्नान गरेका छन्।

‘राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाई कसैले पनि यति ठूलो अनियमितता गर्ने हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्,’ उनले लेखेका छन्, ‘अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौं, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौं, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट।’


एनसेलको सेयर खरिद बिक्रीमा कानुनको छिद्र प्रयोग गरेर अनियमितता गरिएको उनको भनाइ छ। यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने थापाले बताएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.