add

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर






ActPro Nepal

|

२१ मंसिर, २०८०

|
188

काठमाडौ । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन्।

राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । 

 सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ । 

 सेन्टरका अनुसार तियान्हे जिङ्गीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई), ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.