add

शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार रकममा गिरावट






ActPro Nepal

|

२० मंसिर, २०८०

|
106

काठमाडौं । एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा ब्रेक लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको हो ।

यसदिन २९३ कम्पनीको १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बढीको ३७ लाख ५५ हजार १२४ कित्ता शेयर किनबेच भएको छ ।

अघिलो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा बढेको छ भने अरु सबैको परिसूचक राताम्मे भएको छ ।

सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.