add

नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा






ActPro Nepal

|

२० मंसिर, २०८०

|
556

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १० लाख ७७ हजार ८६३ बढीको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि मंसिर १० देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन दिएका थिए ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.