add

चौथो दिनको कमाइमा 'एनिमल'ले शाहरुखको 'जवान'लाई उछिन्यो






ActPro Nepal

|

२० मंसिर, २०८०

|
285

काठमाडौँ । रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय बक्स अफिसमा २०१.७६ करोड भारु नेट कमाइ गरेको छ ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी संस्करणमा १७६.५८ करोड भारु र दक्षिण भारतीय भाषामा २५.१८ करोड भारु नेट कमाएको हो ।

हिन्दी संस्करणमा मात्र फिल्मले शुक्रबार ५४।७५ करोड, शनिबार ५८.३७ करोड र आइतबार ६३.४६ करोड भारु कमाएको छ । हिन्दी संस्करणमा यो फिल्मले तीन दिनमा शाहरुख खानको फिल्म ‘पठान’को व्यापारलाई समेत उछिनेको छ ।

तीन दिनमा पठानले १६१ करोड भारु कमाएको थियो । तर यसले शाहरुखकै अर्को फिल्म जवानको तीन दिने कमाइलाई भने उछिन्न सकेन ।

जवानले हिन्दी भाषामा तीन दिनमा १८०।४५ करोड भारु कमाएको थियो । विक्की कौशल स्टारर ‘साम बहादुर’ले तीन दिनमा भारतमा २५।५५ करोड भारु कमाएको छ ।

एनिमलको दक्षिण भारतीय बजारको ट्रेन्ड हेर्दा उत्तर र दक्षिण भारतका फिल्म बजारको विभाजन रेखा मेटिएको महसुस गर्न सकिन्छ। किनभने जवान, पठानदेखि एनिमलसम्म आइपुग्दा हिन्दी फिल्मले पनि साउथमा राम्रो कमाइ गर्न थालेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.