काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’
बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको मल्लको भनाई छ । जहाँ सरकार फेरिएसंगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुने गरेको उनले बताए ।
सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनले जोड दिए । ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ’, उनले भने
बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको उनले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।