add

ठेक्का अलपत्र पार्ने ८ निर्माण कम्पनी कालोसूचीमा






ActPro Nepal

|

१९ मंसिर, २०८०

|
422

काठमाडौं । ठेक्का सम्झौता अनुसार काम नगर्ने थप ८ कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ठेक्का लिएर काम अलपत्र पार्ने ८ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार मध्यपहाडी राजमार्गको सिफारिसमा पाँचथरमा निर्माणाधिन दुई वटा सडक खण्डको काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धि साई प्रकाश कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, कमल गाउँपालिका, झाको सिफारिसमा शेर्पा कन्स्ट्रक्सन, हेना कन्स्ट्रक्सन र सनामी कन्स्ट्रक्सन १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यसैगरी, कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स रइजोन निर्माण सेवालाई पनि १ वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.