add

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन






ActPro Nepal

|

१८ मंसिर, २०८०

|
283

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले ३० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.