add

एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा कर्णाली प्रवेश गर्दै






ActPro Nepal

|

१७ मंसिर, २०८०

|
266

काठमाडौं । नेकपा एमालेले यही मंसिर १४ गतेबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राको चौथो दिन आज सुदूरपश्चिम प्रदेशको यात्रा सकेर कर्णाली प्रवेश गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली शनिबनार राति अछामको मंगलसेनमा बास बसेको छ ।

झुलाघाट-चिवाभञ्ज्याङ सम्मको यात्राको चौथोदिन दिनसम्म  एमालेले सुदूरपश्चिम प्रदेशको ३०५ किलोमीटर यात्रा पूरा गरेको छ । यात्रा आज कर्णाली प्रदेशको दैलेख प्रवेश गर्दैछ ।

बिहान मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख पुगेर बिहानको खाना खाने योजना रहेको बताइएको छ । त्यसपछि दैलेख बजारमा आयोजना हुने आमसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेको सचिवालयले जनाएको छ ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ ।

मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.