add

अमेरिकी न्यायाधीशले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन भन्दै हटाए टिकटकको प्रतिबन्ध






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
166

काठमाडौं । नेपालमा टिकटकले सामाजिक सद्भावमा आँच ल्याएको भन्दै बन्द गरेको अवस्थामा अमेरिकाका एक न्यायाधीशले भने मोन्टानाले टिकटकमाथि लगाएको प्रतिबन्धले प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन गरेको भन्दै त्यसलाई रोकेका छन् ।

मे मा, मोन्टाना प्रतिबन्ध पारित गर्ने पहिलो अमेरिकी राज्य बनेको थियो जुन १ जनवरीदेखि लागू हुने तय गरिएको थियो।

चीनको बाइटडान्सको स्वामित्वमा रहेको छोटो भिडियो सेयरिङ एपले एक हप्तापछि मोन्टानाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश डोनाल्ड मोलोयले टिकटकको पक्षमा उभिएका छन् । यसले एकभन्दा बढी तरिकाले संविधानको उल्लङ्घन गरेको र राज्यशक्तिको उल्लंघनु गरेको बताएका छन्। सो कानुनका अनुसार एप स्टोरहरूले टिकटक प्रस्ताव गर्न अबैध बनाउने तथा फर्महरूले १०,० अमेरिकी डलर सम्मको जरिवाना तिर्नुपर्ने थियो ।

टिकटकले यो असंवैधानिक कानूनलाई अस्वीकार गरिएकोमा खुशी लागेको बताएको छ ।

मोन्टानाको सरकारी वकिलको कार्यालयलेूमोन्टानानहरूलाई चीनबाट बचाउने कानूनको रक्षा गर्नू आफ्नो अर्को कदमहरू विचार गरिरहेको रोयटर्सले जानकारी दिएको छ । १० लाखभन्दा बढी जनसंख्या भएको मोन्टानाले गत डिसेम्बरमा सरकारी उपकरणमा एपमाथि प्रतिबन्ध लगाएको थियो ।

टिकटकका १५ करोड अमेरिकी प्रयोगकर्ता रहेको र तीमध्ये अधिकांश किशोरावस्था र २० वर्ष काटेका रहेको टिकटकले जनाएको छ ।

यो एप चीन सरकारलाई डाटा हस्तान्तरण गर्न सकिने चिन्ताका कारण विश्वभरका अधिकारीहरुको निगरानीमा आएको छ ।

कंग्रेसको एक समितिले मार्चमा आफ्ना प्रमुख कार्यकारी शौ जी च्यूलाई यो सम्भव छ कि छैन भनेर प्रश्न गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.