add

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक : अध्यक्ष हमाल






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
174

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन्। उनले साना मझौला उद्यमका लागि वातावरण निर्माण गरे मात्रै मुलुकको आर्थिक प्रणाली दिगो, सबल र सन्तुलित बनाउन सकिने दाबी गरे।

उनले विकसित देशको अर्थतन्त्र पनि साना तथा मझौला उद्यमबाट ९० प्रतिशत धान्ने गरेको बताए। उनले अर्थतन्त्रको पिरामिडमा टप सूचकहरू एमएसएमईको पूर्वाधारबिना तयार हुन नसक्ने बताए। उनले नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल र प्रणाली विकास गर्न आवश्यक रहेको जिकिर गरे।

उनले भने, ‘नेपालको आर्थिक प्रणालीलाई दीर्घकालीन रूपमा सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि सम्पूर्ण वातावरण निर्माण गर्न जरुरी छ। नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल, प्रणाली,सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक छ। जुन दिशामा हामी काम गरिरहेका छौं।’

​उनले बोर्डले एसएमएमईका लागि आउट फण्डिङको मेकानिजम पुँजीबजारमा उपकरण नियमावली तयार पारेर सरकारलाई प्रस्तुत गरेको बताए। उनले उक्त नियमावली चाँडै पास गरे ग्रामीण लेभलबाट अर्थतन्त्र माथि आउन सक्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.