add

जनप्रतिनिधिको विवादले विकासको काम ठप्प, कर्मचारीले तलब पाएनन्






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
238

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा हुन सकेको छैन्।  

गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपछि गाउँपालिकाका शिक्षक एवं कर्मचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

राजनीतिक खिचातानी र जनप्रतिनिधिहरू बीचको आपसी विवाद कारण गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि गर्न नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ । 

वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ । गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालयअगाडि धर्नामा बसेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.