add

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट






ActPro Nepal

|

१४ मंसिर, २०८०

|
232

काठमाडौं । शेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यसपछिका ४ दिनमा ४९ अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ३१ करोड बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ४५ लाख ९५ हजार ५३३ कित्ता शेयर किनबेच भएको छ । आज जम्मा ३२ कम्पनीको सेयर मूल्य बढेकोे छ भने २०१ को घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७३ प्रतिशतले घटेको छ ।

आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, विजय लघुवित्त र युनाइटेड इदीमर्दी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.