add

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो






ActPro Nepal

|

१३ मंसिर, २०८०

|
232

काठमाडौं । शेयर  बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा साताको कारोबारको चौथो दिन नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ ।

यसदिन २८५ कम्पनीको १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ बढीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक किनबेच भएको छ । यसको सवा ६ करोड रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज विजय लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.