add

आयल निगम ऋण मुक्त, थानीले भने, 'उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य निर्धारण गर्छौँ'






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
437

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई तिनुपर्ने ७ अर्ब रुपैयाँ ऋण तिरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो।

नेपाल आयल निगमले नेपाल सरकारबाट लिएको रु ७ अर्ब ऋण  मध्ये अन्तिम किस्ता रु ७० करोड पनि सार्बजनिक ऋण ब्यबस्थापन कार्यालयलाई भुक्तानी गरेपछि ऋणमुक्त भएको छ भने निगमले भारतीय आयल कर्पोरेसन को ३१ अर्ब बक्यौता केही महिना अघि किस्तामा तिरेर ऋणमुक्त भएको थियो।

 निगमले इन्डियन आयल कर्पोरेसनलाई बक्यौता तिर्न ७ अर्ब रुपैयाँ लिएकोमा किस्ताबन्दी रुपमा तिर्दै आएको थियो। निगमले इन्डियन आयल कर्पोरेसनलाई तिनुपर्ने ३१ अर्ब रुपैयाँ बक्यौता यसअघि नै चुक्ता गरिसकेको थियो। ‘

सरकारलाई तिनुपर्ने सबै ऋण तिरेर ऋण मुक्त भएका छौं,’ आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले भने, ‘ऋणमुक्त भएकाले अब उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य निर्धारण गर्छौँ।’ 

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढे पछि सो अनुसार निगमले आइओसीलाई बक्यौता भुक्तानी गर्न नसके पछि सरकारसँग २०७९ जेठमा ३ प्रतिशत सहुलियत व्याजमा सात अर्ब ऋण लिएको थियो। डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेर आएपछि निगमलाई राहात भएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.