add

बसाइँ सराइको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मन्त्री बस्नेत






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
366

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भइरहेको बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। यसो नगरे थप जटिल बन्दै जाने उनले बताएका हुन्। 

मंगलबार जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौँमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई यथोचित रुपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको भन्दै उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको बताए।

उनले भने, ‘बसाइँ सराईमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रुपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ। पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन। संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरु सजग हुन आवश्यक छ।’

‘बसाइँ सराई बहुसरोकारयुक्त मुद्दा हो। कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव छैन। यसमा सबैको साथ र बुझाई आवश्यक छ’ उनले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.