add

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
373

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट १ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न मंसिर २८ गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.