add

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनबजारमा






ActPro Nepal

|

११ मंसिर, २०८०

|
289

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा पाटनबजारमा संचालनमा आएको छ।

आइतबार बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। उक्त शाखाको पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच समुद्घाटन गरेका थिए ।

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.