add

काठमाडौंमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन हुँदै






ActPro Nepal

|

११ मंसिर, २०८०

|
95

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलको चौंथो जिम्मेवार व्यवसाय सम्मेलन हुने भएको छ । काठमाडौंको हायात रिजेन्सीमा मङ्सिर २१ र २२ गते दुई दिनसम्म उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । 

विगत २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करण ‘एडप्टिङ टू इनर्जिङ बिजनेश रियालिटिज’ भन्ने नाराका साथ हुन लागिरहेको छ । यस सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवार पूर्ण ढङ्गले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिनेछ । 

समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी र नवीकरणीय ऊर्जा सम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहनेछ । ३० भन्दा बढी वक्ताहरू रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने आयोजकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.