add

दुई विकास बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका






ActPro Nepal

|

१० मंसिर, २०८०

|
348

काठमाडौं । आज दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सोही विशेष प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते साधारण सभा बोलाएको छ । सभामा यसका बाहेकका अन्य एजेण्डामा पनि छलफल भई पारित हुनेछ ।

यस्तै, शाइन रेसुङ्गा हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सोही लाभांश वितरणको विशेष प्रस्तावसहित बैंकले मंसिर २३ गते साधारण सभा बोलाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.