add

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै






ActPro Nepal

|

८ मंसिर, २०८०

|
172

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानुन व्यवसायीहरूको अग्रसरतामा काठमाडौँ महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिकाले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताए । उनले सो बत्ती पैदलयात्रीहरूले आफ्नो अनुकूलतामा स्विच बटन थिचेर रातो बत्तीमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताए ।

निर्माण सम्पन्न भएपछि केही दिन भित्रमा नै सो बत्तीको उद्घाटन गरिने जनाइएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.