add

भिभो भी २९ फाइभजी सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ?






ActPro Nepal

|

७ मंसिर, २०८०

|
197

काठमाडौं । स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईका लागि भिभो भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई उपयुक्त हुनसक्छन् । 

उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ । 

भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ । 

भिभो भी२९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल” प्रविधि प्रयोग गरिएको छ । जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । 

त्यस्तै, भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ ।

दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ । नेपाली बजारमा भी२९ फाइभजी ५९ हजार ९९९ रुपैयाँ र भी२९ई फाइभजी ४२ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.