add

खाद्य कम्पनीले किन्न थाल्यो किसानको धान, एकजनाको ४० क्विन्टल किन्ने






ActPro Nepal

|

७ मंसिर, २०८०

|
183

बाँके । बाँकेमा किसानले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले कृषकले उत्पादन गरेको धान बुधबारदेखि खरिद गर्न सुरु गरेको हो ।

नेपालगञ्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको प्राङ्गणमा धान बिक्री गर्न आएका पहिलो किसान बाँके जानकी गाउँपालिका वडा नं –५ का रुपबहादुर कार्कीलाई स्वागत गरेर धान खरिद सुरु गरिएको लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको छ । आज दिनभर छ जना किसानबाट जम्मा २३० क्विन्टल धान खरिद गरिएको छ ।

यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लामिछानेले भने, ‘पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन।’

गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचानका लागि पालिकाबाट सिफारिस अनिवार्य गरिएको छ ।सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु ३ हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु ३ हजार ३६२ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने लिमिटेड नेपालगञ्जले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा ९ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

यस वर्ष किसानको सहजताका लागि १० देखि १५ जनासम्मलाई कुपन दिएर पालो पर्ने दिनमा बोलाउने व्यवस्था मिलाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.