add

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल अटो लोन’ योजना






ActPro Nepal

|

६ मंसिर, २०८०

|
186

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ । बैंकले गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.९९ प्रतिशत ब्याजदरमा कम्बस्चन (इन्धन) गाडी किन्न ऋण पाउने छन् ।

ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ । अर्थात् ७ वर्षसम्म एउटै ब्याजदर रहने छ । ब्याजदर घटबढ हुने छैन ।

यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।

बैंकका अनुसार २१ वर्ष पूरा भई ७० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले उक्त ऋयण सुविधा पाउने छन् । ऋण लिने ग्राहकको नियमित आम्दानीको स्रोतका साथै राम्रो क्रेडिट इतिहास भएको हुनुपर्नेछ ।

ऋण लिन इच्छुक ग्राहकले बैंकका कुनै पनि शाखामा आवश्यक कागजातसहित गई वा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.