काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंक आगामी साधारणसभाका लागि मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले तोकेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने छ । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश मंसिर २४ गते बस्ने साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।