add

सानिमा रिलायन्स लाइफको नाफा १२८ प्रतिशतले वृद्धि, कस्ता छन् अन्य सूचक ?






ActPro Nepal

|

४ मंसिर, २०८०

|
180

काठमाडाैं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्पजनिक गरेकाे विवरण अनुसार पहिलो त्रैमाससम्म कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएकाे छ । याे अवधिमा कम्पनीले ११ करोड ८ लाख रुपैयाँ नाफा कमाएकाे छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएकाे थियो ।

याे अवधिमा कम्पनीले १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १६०.८७ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५४ करोड ९१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिशनमा १५ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीकाे रिटेन्ड अर्निङमा ८२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६० पैसा रहेकाे छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ७६ पैसा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.